
विराटनगर । बाढी र पहिरोमा परी कोशी प्रदेशमा ४३ जनाकाे मृत्यु भएकाे छ । ८ जना घाइते भएका छन् । एक जना बेपत्ता छन् । देशभर ४९ जनाको मृत्यु भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी र पहिरोमा परी १८ जना पुरुष, १९ जना महिला, ३ जना बालक र ३ जना बालिकाको मृत्यु भएको हो ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ हजार बढी परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ । जसमा १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् ।
पाँचथरमा २ जना, मोरङमा १ जना, उदयपुरमा २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । इलाममा १ जना पुरुष बेपत्ता छन् ।
इलाममा १ जना, पाँचथरमा ३ जना, भोजपुरमा २ जना र खोटाङमा २ जना घाइते भएका छन् ।
झापामा ५ हजार ४२५ घरपरिवार विस्थापित भएका छन् । मोरङमा ३८६ घरपरिवार, सुनसरीमा ४५ घर, धनकुटामा ६ घर, उदयपुरमा ३ घर र खोटाङमा ३ घरपरिवार विस्थापित भएका छन् ।

























