सांकेतिक तस्बीरविराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
असोज १९ गते साँझ करिब ६ः३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एम्बुलेन्स (मे १ च १९७८) र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्रदेश १–०२–०४७ प ६९२२) एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बु गम्भीर घाइते भएका थिए ।
झापा प्रहरी कार्यालयमा कार्यरत लिम्बु मोरङकाे केराबारी गाउँपालिका–२ का बासिन्दा हुन् ।
उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
एम्बुलेन्स चालक झापा दमक नगरपालिका–९ का ४१ वर्षीय विष्णु प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

























