
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोला(भालु खाेला)मा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएकाे छ ।
मर्मतका क्रममा राखिएको हेमपाइप आसपासको माटो कटान भएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
हेमपाइपको छेउको माटो बगाएपछि अवरुद्ध सडक सडक विभाग र स्थानीय प्रशासनले मर्मत गरेपछि साेमबार बिहानबाट यातायात सुचारु भएको हाे ।
डाइभर्सन मर्मतपछि दुवैतर्फ सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

























