
काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
२० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये सबैभन्दा धेरै इलाममा छन् । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १–१ र काभ्रेमा २ जनाको मृत्यु भएको छ ।

























