बाढी प्रभावितको साथमा जीवन विकास

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २०, सोमबार १९:३६

विराटनगर । लघुवित्त र सामाजिक क्षेत्रमा काम गरिरहेको जीवन विकासले बाढी प्रभावितहरुका लागि निशुल्क खानासँगै स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सोमबार विराटनगरका बाढी प्रभावित राखिएको दुई स्थानमा जीवन विकास सामुदायिक अस्पतालले स्वास्थ्य शिविर आयोजना गरेको हो । जीवन विकास लघुवित्ति वित्तीय संस्थाले मोरङ र सुनसरीमा एक हजार भन्दा बढी बाढी प्रभावितलाई खाना खुवाएको हो ।

बाढी प्रभावित बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएपछि जीवन विकासले विराटनगर महानगरपालिका १२ को बखरी र विराटनगर– १६ को दरैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकसहितको टोलीले बाढीका कारण विस्थापित भएका ४ सय बढीको स्वास्थ्य जाँच गरी औषधि उपलब्ध गराएको जीवन विकास सामुदायीक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका संयोजक तेजस्वी मण्डलले जानकारी दिए ।

घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्तले प्रकोप तथा विपदमा सहयोग सामाजिक अभियान अन्तरगत सोमबार विराटनगरको रानी, सुनसरीको लौकही, मधुवन, छिटाहा र सिमरियामा एक हजार बाढी प्रभावितहरुलाई खाना खुवाएको हो ।

आइतबार पनि झापा, मोरङ, इलाम र सिरहाका बाढी प्रभावितलाई जीवन विकासले सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.