बाढीपीडितको उद्धार र राहत वितरण गर्दै महानगर 

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २०, सोमबार १९:५३
बाढीपीडितको उद्धार र राहत वितरण गर्दै महानगर 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् ।

मेयर कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूलाई महानगरमा बोलाएर सहयोगको आग्रह गरेका थिए ।

सामाजिक संघसंसस्थाका प्रतिनिधिसँगको छलफलमा मेयर कोइरालाले महानगरले बाढीपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी रूपमा कार्य गरिरहेको उल्लेख गरे ।

महानगरको समन्वयमा सोमबार बिहानको खाना अग्रवाल सेवा समितिले र बेलुकाको खाना राउन्ड टेबलले उपलब्ध गराएको छ ।

कोइरालाले रेडक्रसलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरेका छन् ।

रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने भएको छ । मेयर कोइरालाले महानगरको सम्बन्धित शाखा र महाशाखालाई पूर्ण क्षमतामा बाढीपीडितको उद्धार र राहतमा खटाइएको जानकारी गराए ।

यसैबीच, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा महानगर प्रहरीले बाढीपीडितलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ । उद्धार गरिएका करिब ३ सय जनालाई अग्रवाल सेवा समाजले उपलब्ध गराएको खाना वितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.