इलामका बाढी पहिराे पीडितका लागि प्रदेश सरकारले पठायो राहत सामग्री

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार ११:५९

विराटनगर । कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ । शनिबार रातिको पहिरोका कारण इलाममा ३८ जनाको मृत्यु भएको थियो । मंगलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाइएको हो ।

प्रदेश सरकारले दैनिक उपभोग्य खाध्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाएको हो ।

बाढी पहिरोका इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.