मोरङको केराबारीका पुरुष आफ्नै अम्लिसो बारीमा मृत फेला

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १४:५८

विराटनगर । मोरङको केराबारी घर भएका १ जना पुरुष आफ्नै अम्लिसो बारीमा मंगलबार मृत फेला परेका छन् ।

केराबारी गाउँपालिका–१ पाटीगाउँका ३४ वर्षीय गोरे भनिने रामबहादुर लिम्बूको शव फेला परेको प्रहरीले जनाएको छ । लिम्बू गत शनिबारदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा घरनजिक रहेको आफ्नै अम्लिसो बारीमा मंगलबार बिहान ११ः५० बजेतिर शव फेला परेको जानकारी प्रहरीले दिएको छ ।

मृत फेला परेका लिम्बूको मानसिक सन्तुलन कमजोर रहेको जानकारी प्रहरीले पाएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली खटिएको छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ । लिम्बूको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धानबाट सबै कुरा यकिन हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.