प्रहरी कार्यालयबाट हराएकाे गाेली केराबारीमा भेटियो

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार १९:११
फाइल फोटो ।

विराटनगर । झापाको कमल गाउँपालिका–७ रङ्गपुरमा रहेकाे केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ५५ राउण्ड एसएलआर राइफलको गोली बरामद भएको हो ।

स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेकोबारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जग्गाधनीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले सेतो बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको हो ।

खड्काका अनुसार शुक्रबार भेटिएको गोली जेनजी आन्दोलनका क्रममा दमकबाट लुटिएको हो । जेनजी आन्दोलनका क्रममा दमकबाट २० नाल हतियार र ५ हजार राउण्ड हाराहारी गोली हराएको थियो । ती हतियार र गाेली बरामद भएकाे छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.