विराटनगरमा करेन्ट लागेर २ वटा गाई मरे

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार १९:४३
फाइल फोटो ।

विराटनगर । विराटनगरमा शनिबार दिउँसो करेन्ट लागेर २ वटा गाई मरेका छन् । घटना विराटनगर महानगरपालिका–८ मा भएको हो ।

प्रहरीका अनुसार गाई विराटनगर–१४ जतुवाका महेन्द्र यादवका हुन् । चर्दै जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारबाट दिउँसो २ बजेतिर गाईलाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।

करेन्ट लागेपछि २ वटै गाईको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृत गाईहरुलाई सम्बन्धित धनीको जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.