छैन मनसुनी प्रणाली, हल्का वर्षाकाे सम्भावना

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २६, आइतबार ०६:३१

काठमाडौं । मनसुनी वायु प्रणाली सक्रिय नभएपनि आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आंशिक बदली भनेको ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

“हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.