जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।काठमाडौं। गत महिना भएको ‘जेनजी’ आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
सिन्धुपाल्चोकका युवराज पौडेलले दर्ता गराएको रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरको माग गरिएको छ। साथै, उनले जेनजी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भन्दै उनीहरूमाथि कारबाहीको माग राखेका छन्।
निवेदक पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख (महानिरीक्षक) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानको दायरामा ल्याउन आदेशको माग गरेका छन्।
उनले रिट निवेदनमा भनेका छन्, ‘उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने खुलाउन लगाई सो निर्णय बदर गरी पाऊँ।’























