मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १०:४१

जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि पाँच राजनीतिक दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउनका लागि ५६ प्रदेश सभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गर्न नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।

निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज (बुधबार) दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोसपाको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको हो। जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाबीच भएको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको गठबन्धनका नेताहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.