दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १२:५७

चितवन । चितवनको रत्ननगर नगरपालिका–१२, शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा आज (बुधबार) दाना भण्डारको पर्खाल भत्किँदा तीन जना कामदारको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पर्खाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदार पुरिएर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो ।

उपचारका क्रममा मृत्यु हुनेमा शुकराम दराई, ४५ वर्षीय, खैरहनी नगरपालिका–२, चितवन, रेशम दमाई, ५४ वर्षीय, स्थायी घर गोरखा भई हाल रत्ननगर–१२, चितवन र कमल गुरुङ, ४५ वर्षीय, रत्ननगर–१२, चितवन छन् ।

अस्पतालका अनुसार गम्भीर घाइते रहेका उनीहरूको बिहान १०:२४ देखि १०:५१ बजेको बीचमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू रहेका छन् । उनीहरूको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप विवरण संकलन भइरहेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.