विराटनगरमा आकासियो तरकारीको मूल्य

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १८:२०

विराटनगर । विराटनगरमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । लगातारको वर्षा, बाढी र पहिरोका कारण स्थानीय उत्पादन खेतबारीमै कुहिएकाे र पहाडी क्षेत्रबाट तराईमा आउने तरकारीको आपूर्तिमा कमी भएका कारण  बजार मूल्य आकासिएकाे हाे ।

तरकारीको मूल्य विगत एक महिनाको तुलनामा दोब्बरदेखि चार गुणासम्म बढेको उपभोक्ताहरूको गुनासो छ ।

एक महिनाअघि प्रतिकिलो ३० रुपैयाँ पर्ने भिन्डीको मूल्य अहिले १२० रुपैयाँ पुगेको छ । ४० रुपैयाँमा पाइने आलु ८० रुपैयाँ, ४० रुपैयाँको गोलभेडा १०० रुपैयाँ र ६० रुपैयाँको परवल १६० रुपैयाँमा बिक्री भइरहेको छ ।

३० रुपैयाँ पर्ने घिरौंला ७० रुपैयाँ, ६० रुपैयाँको फूल काेभी २०० रुपैयाँ, ५० रुपैयाँको साग २०० रुपैयाँ र ५० रुपैयाँमाा पाइने बोडी २०० रुपैयाँ पुगेको छ । घिउ सिमीको मूल्य ८० रुपैयाँबाट १५० देखि २०० रुपैयाँसम्म पुगेकाे छ । वैगुन ३० रुपैयाँबाट १०० रुपैयाँ,  तिते करेला ३० रुपैयाँबाट १४० रुपैयाँ र काँक्रा ४० रुपैयाँबाट १०० देखि १५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

विराटनगरकी कमला गौतमले भिन्डी, करेला र मुला जस्ता तरकारीको मूल्य पहिलेको भन्दा दोब्बर बढेको बताइन् ।

तरकारी व्यवसायी रिलस साहका अनुसार वर्षा  र बाढीका कारण बालीमा क्षति भएपछि मूल्य बढेकाे हाे । तिहार छठ जस्ता चाडपर्वका कारण पनि तरकारीको मूल्य बढेकाे उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.