
काठमाडौं। तिहार पर्वको विशेष दिन भाइटीका हो । तिहारको अन्तिम दिनका रूपमा मनाइने भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ ।
समितिका अनुसार २०८१ साल कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा नेपालका लागि भाइटीकाको उत्तम साइत जुरेको छ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइप्रति प्रेम, आस्था र निष्ठा प्रकट गर्दै दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्ने यस पर्वमा समयको शुद्धता र शुभसाइतको विशेष महत्त्व रहन्छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालबाहेकका विभिन्न देशहरूमा पनि यस वर्ष भाइटीकाको शुभसाइत निर्धारण गरेको छ । ती देशमा पनि प्रायः बिहानको ११ बजेतिर शुभ घडी जुरेको देखिन्छ ।
समितिका अनुसार भारतको दिल्लीमा भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ६ मिनेटमा जुरेको छ भने अमेरिकाको विभिन्न सहरमा फरक–फरक समयमा टीका लगाउने साइत तय गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बिहान ११ बजेर ५५ मिनेट, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेट, टेक्सासमा ११ बजेर ५७ मिनेट, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेट, क्यालिफोर्नियामा ११ बजेर ४९ मिनेट, कोलोराडोमा ११ बजेर २७ मिनेट, सिकागोमा ११ बजेर ३३ मिनेट, टोरन्टोमा ११ बजेर २३ मिनेट र भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा टीकाको साइत उत्तम रहेको छ ।
त्यस्तै, अष्ट्रेलियामा पनि भाइटीकाको शुभघडी फरक–फरक समयमा निर्धारण गरिएको छ । सिड्नीमा बिहान ११ बजेर २५ मिनेट, मेलबर्नमा ११ बजेर २५ मिनेट, ब्रिसबेनमा ११ बजेर ४३ मिनेट, एडिलेडमा ११ बजेर ५३ मिनेट, क्यानबेरामा ११ बजेर २७ मिनेट, तास्मानियामा ११ बजेर २५ मिनेट, पर्थमा १० बजेर ३४ मिनेट र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभसाइत मिलेको छ ।
न्यूजिल्याण्डको वेलिङ्टनमा बिहान ११ बजेर ३१ मिनेटमा भाइटीकाको शुभ समय रहनेछ । युरोपका विभिन्न देशहरूमा पनि यही दिन शुभसाइत जुरेको समितिले जनाएको छ । पोर्चुगलको लिस्बनमा बिहान ११ बजेर २९ मिनेट, बेलायतको लन्डनमा ११ बजेर ३७ मिनेट, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेट, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेट, डेनमार्कमा ११ बजेर २५ मिनेट, जर्मनीमा ११ बजेर ४३ मिनेट, फिनल्याण्डमा ११ बजेर ४७ मिनेट, स्वीट्जरल्याण्डमा ११ बजेर ५४ मिनेट र माल्टामा ११ बजेर २३ मिनेटमा शुभ समय निर्धारण गरिएको छ ।
त्यस्तै, मध्यपूर्वका देशहरूमा पनि भाइटीका मनाउने तयारी भव्य रूपमा भइरहेको छ । समितिका अनुसार मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेट, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेट, कतारको दोहामा ११ बजेर ५५ मिनेट, कुवेतमा ११ बजेर ४५ मिनेट, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेट, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा शुभसाइत जुरेको छ ।
एशियाका अन्य देशहरूमा पनि भाइटीकाको उत्सवको समय फरक छ । थाइल्याण्डको बैंककमा बिहान ११ बजेर ४१ मिनेट, जापानको टोकियोमा ११ बजेर ४२ मिनेट, दक्षिण कोरियामा ११ बजेर २१ मिनेट, सिंगापुरमा ११ बजेर ५८ मिनेट, हङकङमा ११ बजेर ४५ मिनेट र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा भाइटीकाको उत्तम साइत निर्धारण गरिएको छ ।
नेपालमा भाइटीका दिदीबहिनी र दाजुभाइबीचको भेटघाटको दिन मात्रै नभएर परिवार र सम्बन्ध सुदृढीकरणको प्रतीक पनि हो । यही कारण विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो स्थानीय समयअनुसार साइत मिलाएर टीका, माला र मिठाईका साथ यो पर्व श्रद्धापूर्वक मनाउने गर्छन् ।
विभिन्न देशमा भाइटीकाको साइत । हेरौं सूची
























