कस्तो छ बिहीबारको माैसम ?

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार ०६:५१

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानकाे  माैसम सामान्य छ ।

दिउँसो कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।

सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.