पाँचथरको हिलिहाङमा पिकअप दुर्घटना, एकजनाको मृत्यु

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १३:४६

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-७ अम्वेजनीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

तमोर करिडोर सडकखण्ड भएर भारपादेखि पञ्चमीतर्फ जाँदै गरेको ना २ च १६५१ नम्बरको पिकअप गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा परी एकजनाको मृत्यु भएको हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र मग्रातीले जानकारी दिएका छन्। मृतकको थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.