सर्पले टाेक्दा झापामा १० वर्षीय बालकको मृत्यु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार ०९:१४

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालक अनिश राईको मृत्यु भएको छ ।

इन्द्रबहादुर राईका छोरा अनिशलाई ओछ्यानमै विषालु सर्पले डसेपछि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा गएराति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.