अवकाशप्राप्त डीआईजी रानालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १०:२४

काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर राना ले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन्।

७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरे।

दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौँको महाराजगञ्जमा बस्दै आएका राना २०६५ साल असोज १ गते सेवा निवृत्त भएका थिए।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक तथा पुरस्कारहरू प्राप्त गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.