
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ८७ करोड २४ लाख बराबरको बीमा दाबी पुगेको छ । जसमा मोरङ जिल्लाबाट मात्र २१७ वटा दाबी परेका छन् ।
बीमा कम्पनीहरूले ९ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् ।
जेनजी घटनाबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय आयोगका सदस्य विज्ञानराज शर्माको उपस्थितिमा भएको छलफलमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी प्रतिनिधि प्रीति देवले कोशी प्रदेशमा ८७ करोड २४ लाख बिमा दाबी पुगेको बताइन् । याे क्रम बढ्ने क्रममा छ ।
आगजनी ताेडफाेड र लुटपाटबाट अदालत, जिल्ला प्रशासन, प्रदेशका मन्त्रालयलगायत सरकारी कार्यालयहरूमा महत्वपूर्ण दस्ताबेज जलेर नष्ट भएका छन् । भाैतिक संरचना र सवारी साधन पनि जलेका छन् ।

























