नारायणघाट मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किए

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १, शनिबार १०:०६

काठमाडौं । नारायणघाट मुग्लिन सडकमा ७ वटा गाडी एकै ठाउँ ठोक्किएका छन् । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

शनिबार बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर खाएका थिए ।

सोक्रममा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र ०६–००१ ग ०४८४ नम्बरको माइक्रो, त्यसको पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि रहेको ना ३ च ३२५६ नम्बरको भ्यान, त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

घाइतेहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.