उदयपुरमा राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १२:११

उदयपुर । यस वर्षको तिहारमा उदयपुर जिल्लामा राति ८ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडलाई लक्षित गर्दै सुरक्षा र सामाजिक सद्भाव कायम गर्न शुक्रबार सूचना जारी गरी यस्तो समयसीमा निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्लावासी सबैलाई तिहार र छठ पर्वलाई सभ्य, मर्यादित र परम्परागत रूपमा मनाउन आग्रह गरेका छन् ।

प्रशासनले चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम गर्नका लागि मद्यपान, जुवातास, अनावश्यक भिडभाड, पटाका तथा अन्य विस्फोटक पदार्थको प्रयोग गर्नमा रोक लगाएको छ । सार्वजनिक स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा पनि राति ८ बजेसम्म मात्र गर्नुपर्ने नियम तोकिएको छ । प्रशासनले अफवाह नफैलाउन, सामाजिक सञ्जालमा असामाजिक गतिविधि पोस्ट नगर्न र गलत सूचना प्रवाह नगर्न सबैलाई सचेत गराएको छ ।

यसका साथै, सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याउने, मूल्यवृद्धि, कालोबजारी वा अखाद्य वस्तुको बिक्री वितरण गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । युवाहरूलाई मोटरसाइकलमा हुल बाँधेर र्‍याली प्रदर्शन नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.