गाजा द्वन्द्वका शिकार विपिन जोशीको शव सोमबार ल्याइने

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १४:५३

काठमाडौँ । गाजा र इजरायलको द्वन्द्वमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार काठमाडौं आइपुग्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको शव दुबईबाट फ्लाइ दुबईको उडानमार्फत् दिउँसो २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

विमानस्थलमा पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि सम्पूर्ण तयारी पूरा गरिएको सहप्रवक्ता भुलले जानकारी दिए। जोशीको शवलाई काठमाडौंबाट नेपाली सेनाको विमान मार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ।

धनगढीबाट सेनाले एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ। यसैबीच, प्रधानमन्त्री सुशिला कार्कीले जोशीप्रति श्रद्धान्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालय मा पुग्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धान्जली कार्यक्रममा सहभागी हुनेछन्।

जोशी इजरायलको कृषि फार्ममा अध्ययनका लागि गएका थिए । हमासको आक्रमणमा परेर उनको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.