सांकेतिक तस्बिरझापा । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार दिउँसो करिब १ः१० बजे कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाइनेको करेन्ट लागेर मृत्यु भएको हो ।
गाइनेले सोही ठाउँमा रहेको अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने प्रयास गरिरहेका थिए। यसै क्रममा उनलाई करेन्ट लागेको थियो।
घटनास्थलमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।























