निर्वाचन आयोगमा दल दर्ता गर्न पुग्नेको संख्या १७ पुग्यो

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३, सोमबार १६:०४

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने दलहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार ती सबै दल दर्ता प्रक्रियामा रहेका छन् ।

आयोगका सूचना अधिकारी घिमिरेका अनुसार १७ वटै निवेदनमाथि अध्ययन भइरहेको छ। हाल दर्ता दलको संख्या १२४ छ। यी १७ वटा दल दर्ता भएमा दलको संख्या अझ बढ्नेछ।

दर्ता प्रक्रियामा रहेका तथा फुटबाट बनेका केही दलहरू:

दलको नामअध्यक्षप्रस्तावित चुनाव चिन्ह
राष्ट्रिय जेनजी पार्टी नेपाल–क्रस खुकुरीआयोगले चुनाव चिन्ह फेर्न आग्रह गरेको।
राष्ट्रिय परिवर्तन पार्टीअजयकुमारबाँसुरीदर्ता प्रक्रियामा।
नेपाल लिबरल पार्टीगोपीलाल न्यौपानेसिक्कादर्ता प्रक्रियामा।
श्रम संस्कृति पार्टीहर्क साम्पाङ (धरानका मेयर)–यसअघि निवेदन दिइसकेको।
गतिशील लोकतान्त्रिक पार्टीदिनेश प्रसाईं–यसअघि निवेदन दिइसकेको।
जनस्वराज पार्टी––जनमत पार्टी फुटेर दर्ता भएको।
नयाँ दल––नेपाल जनमुक्ति पार्टी फुटेर दर्ता भएको।
अन्यनेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी–यसअघि निवेदन दिइसकेका।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.