
चितवन । चितवनमा स्कुटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जाएको छ।
भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटनामा परेको थियो । स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि बसेका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

























