
विराटनगर । झापामा घरको छतबाट खसेर १ जना पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागढीका ४० वर्षीय वीरबहादुर भुजेलको मृत्यु भएको हो । भुजेल कार्तिक १ गते दिउँसो आफ्नै १ तले घरको छतबाट लडेर घाइते भएका थिए ।
बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























