झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

Share this
599shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ४, मंगलबार १६:३९

झापा । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–२ भाटभटेनी सुपर मार्केट अगाडि एक महिनाअघि भएको सवारी दुर्घटनामा परेर घाइते भएकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

असोज ५ गते बिहान ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १–०१–१७ प २५८ नम्बरको मोटरसाइकलले झापा गाउँपालिका–२ का ५० वर्षीय पिन्टु राजवंशीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

पिन्टुलाई साइकलमा यात्रा गरिरहेका बेला अर्जुनधारा नगरपालिका–५ का १७ वर्षीय अनुज राजवंशीले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते भएका पिन्टुलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि कात्तिक १ गते अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो ।

तर, मंगलबार बिहान २ बजेतिर पिन्टुको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अनुज राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.