सोलुखुम्बुमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ घाइते

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार ०७:०७
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६, भिरकुनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन्। मृतकहरुको पहिचान खुल्न बाँकी छ ।

बा ०१–०३१ च ५९२५ नम्बरको बोलेरो जीप बिहीबार साँझ करिब ६:३० बजे दुर्घटनामा परेको हो। माप्य दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको जीप करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

घाइतेमध्ये चार महिला र दुई पुरुष छन्। उनीहरूलाई तत्काल वाकुबाट पुगेको प्रहरी टोलीले उद्धार गरी सोताङ प्राथमिक स्वास्थ्य अस्पताल पठाएको छ। घाइतेमध्ये चालक महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनका हात र टाउकोमा चोट लागेको छ।

त्यस्तै, महाकुलुङ–४ की १६ वर्षीया गंगा राई र १८ वर्षीया बस्तिकला राईको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको छ। सोही ठाउँकी १६ वर्षीया सामया राईको टाउकोमा मध्यम चोट लागेको छ भने १६ वर्षीया सजना राईको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। महाकुलुङ–२ का १० वर्षीय उमेश राईको निधारमा हल्का पिल्सिएको जनाइएको छ।

दुर्घटनामा चालकसहित जम्मा ११ जना सवार थिए, जसमध्ये दुई जना यात्रु सकुशल रहेका छन्। सबै सवारहरू महाकुलुङ गाउँपालिकाका बासिन्दा हुन्। घटनास्थलमा वाकुबाट तत्काल प्रहरी टोली पुगेको थियो भने सोताङबाट थप प्रहरी निरीक्षण टोली पनि पठाइएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.