गायिका नितु पौडेलको मृत्यु, गरेकी थिइन् आत्मदाह प्रयास

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १३:२१

काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएको छ । आत्मदाहको प्रयाय गर्दै उनले केही दिनअघि आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनका अनुसार शुक्रबार बिहान ८ः३० बजेतिर पौडेलको मृत्यु भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध कुनै जाहेरी नपरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.