बिर्तामोडमा करेन्ट लागेर महिलाको मृत्यु

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १७:०६

झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

बिर्तामोडा नगरपालिका–१० फेसबुक चोककी ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि मर्मत गर्न खोज्दा करेन्ट लागेर मृत्यु हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वको टोलीले आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.