रुकुम पश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु र १० घाइते

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार २१:०४

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेका स्थानीयहरूले ७ जनाको शव निकालेर बाटोमा राखेका छन् भने १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

मृतकहरूको पहिचान खुलिसकेको छैन र घटनाबारे विस्तृत विवरण आउँदै गरेको प्रहरीले जनाएको छ। दुर्घटना खलंगाबाट करिब ३५ किलोमिटर टाढा लिस्ने भीरमा भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.