आगोले लाखौँको क्षति

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार ०७:०१

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा घर र भान्सा घर जलेका छन् ।

स्थानीय एलमान थाम्सुहाङको भान्साघरबाट सल्किएको आगोले घर र भान्साघर जल्दा ५ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शुक्रबार भएको आगलागीमा परी थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अन्य सामग्रीसमेत जलेका छन् ।

आगलागीपछि थाम्सुहाङ परिवारका १० जना प्रभावित छन् । उनीहरु आफन्तकहाँ बसिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.