खोलाले बगाएर संखुवासभामा युवकको मृत्यु

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १५:४८

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका–११ सभाखोला किनारमा पिकनिक मनाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ ।

धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय मिङमा शेर्पाको शव शुक्रबार राति फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी ७ जना साथीहरुसहित सभाखोला किनारमा पिकनिक मनाउन पुगेका थिए । शेर्पा शुक्रबारै साँझ खोलामा बगेर बेपत्ता भएका थिए ।

अस्थायी प्रहरी चौकी सभाखोलाबाट प्रहरी नायब निरीक्षक महेन्द्रप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले राति ११ बजेतिर घटनास्थलभन्दा करिब २ सय ५० मिटर तल शव फेला पारेको थियो ।

शव खोलाको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.