संखुवासभामा खोलाले बगाउँदा एक युवकको मृत्यु

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १९:४६
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

विराटनगर । संखुवासभाको सभाखोलाले बगाउँदा एक जना युवकको मृत्यु भएको छ ।

चैनपुर नगरपालिका–११ स्थित सभाखोलाले बगाउँदा धनकुटा छथर जोरपाटी गाउँपालिका–२ का २६ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति सभाखोलामा हात धुने क्रममा शेर्पालाई खोलाले बगाएको थियो ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी सभाखोलाको टोलीले खोजी कार्य सुरु गरेको थियो ।

खोजीका क्रममा शेर्पाको शव फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.