
विराटनगर । इलामको सूर्योदय नगरपालिका कार्यालयकी कर्मचारी रूपा राईको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१० मा अटो र पिकअप भ्यान ठोक्किँदा राई गम्भीर घाइते भएकी थिइन्।
सुरुमा उनलाई बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको थियो।
सोमबार बिहान करिब ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।























