
विराटनगर । सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । क्षतिको विवरण आउन भने बाँकी छ ।

























