मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १४:०३

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको मुख्य माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् ।

प्रसाईंले यो आन्दोलन बन्दुक, बारुद बोक्ने वा सार्वजनिक सम्पत्ति तथा व्यापार व्यवसायमा तोडफोड गर्ने किसिमको नभएको स्पष्ट पारेका छन् । अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन गरिनेछ।

आज (बुधबार) मानव अधिकार आयोगका अध्यक्षसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बीचमा मानिसहरू अलमलमा परेकोले आन्दोलनको मिति घोषणा गर्नुपरेको बताए ।

उनले आफ्नो अभियानको उद्देश्य पशुपति र माता दुर्गालाई जोगाउने र विदेश गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने रहेको बताए । उनले यो व्यवस्था परिवर्तन नभएसम्म देशको अवस्था परिवर्तन नहुने भन्दै सबै नागरिकलाई व्यवस्था परिवर्तनका लागि तयार रहन आह्वान गरेका छन् ।

प्रसाईंले आन्दोलनको क्रममा कसैले बन्द उल्लङ्घन गरी तोडफोड वा आगजनी गरेमा त्यसको जवाफदेही महाअभियान नहुने स्पष्ट पारेका छन् । उनले मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराइएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.