
विराटनगर । कोशी अस्पताल विराटनगरमा नर्सहरूले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् । निजी अस्पतालले न्यूनतम तलब नदिएको विरोधमा नर्सहरु कोशी अस्पतालमा धर्ना बसेका हुन् । नर्स बिना उपचार सम्भव छैन तर तलब किन न्युन भन्दै उनीहरुले न्यूनतम तलब सुविधा दिन माग गरे ।
नेपाल नर्सिङ संघले आह्वानमा भेला भएका नर्सहरुले निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सुविधा नेपाल सरकार सरह नघट्ने गरी सुनिश्चित गर्न माग गरे ।
दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थित पेशाको रूपमा मान्यता दिनु पर्ने संघको माग छ । नर्सहरूको तलब, सुविधा र दरबन्दी मापदण्ड स्वास्थ्य मन्त्रालयको दर्ता तथा नविकरण प्रणालीमा स्पष्ट रूपमा समावेश गर्नुपर्ने, योग्य नर्सहरूलाई स्वास्थ्य संस्थामा प्रमुखको जिम्मेवारी दिनुपर्नेलगायत १५ बुँदेमागसहित आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ मोरङ अध्यक्ष लजिता योञ्जनले बताइन् ।
कार्तिक १८ गतेसम्म दैनिक दुई घण्टा धर्ना बस्ने नर्सहरुले बताएका छन् ।

























