सांकेतिक तस्बिरपोखरा । गोरखाको चुमनुब्रीमा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु भएको छ । न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा ५४ वर्षीय विदेशी नागरिक क्याटरिना रस्कोभा पुरिएकी हुन् ।
सामागाउँबाट जगत फर्कने क्रममा बाटोमा हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।























