मेची राजमार्गको राजदुवाली खण्ड आइतबार बिहानसम्म बन्द

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार १८:२५

विराटनगर । मेची राजमार्गको इलाम, राजदुवाली खण्डमा आज (शनिबार) साँझ ७ बजेदेखि आइतबार बिहान ६ बजेसम्म सबै खालका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै राजदुवाली खण्डमा सडक भासिनका साथै पहिरोले क्षति पुर्‍याएको सिमलगोलाई तिल्केनी वैकल्पिक मार्गको मर्मत कार्य जारी रहेकाले सवारी सञ्चालनमा रोक लगाएको जनाएको हो ।

कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण राजदुवाली खण्डको सडक भासिएको छ । राजदुवालीको विकल्पका रुपमा रहेको तिल्केनी सिमलगोलाई खण्ड पनि क्षतिग्रस्त रहेको इलाम प्रशासनले जनाएको छ ।

असोज १८ र १९ गतेको भारी वर्षापछि गएको पहिरोका कारण राजदुवाली खण्ड १४ दिनसम्म अवरुद्ध भएको थियो । कात्तिक १ देखि मर्मत गरेर सञ्चालनमा ल्याइएको यो सडक कात्तिक १३ देखि जारी वर्षाका कारण बिहीबार बिहानैदेखि अवरुद्ध छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.