अझै अवरुद्ध छन् विभिन्न राजमार्ग

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १३:०९

काठमाडौँ । भारी वर्षापछि क्षतिग्रस्त हुँदा अवरुद्ध बनेका विभिन्न राजमार्गहरूको अवस्था सुधार हुन सकेको छैन । केही अस्थायी मर्मतपछि आंशिक सञ्चालनमा आएका छन् । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् ।

कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै रातको समयमा इलाम जिल्ला भित्रको मेची राजमार्ग सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसको अवरोध राति ११ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ । बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै गोसाईंकुण्ड गाउँपालिका–२ मा तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङलुङस्थित सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.