
विराटनगर। काठमाडौँबाट आएका वरिष्ठ साहित्यकारहरूको सम्मानमा विराटनगरमा ‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । अग्रज साहित्यकारहरूको सान्निध्य र सिर्जनाको आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभलाई सम्मान गरिएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा यो साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।
भेटघाट तथा सिर्जना वाचन कार्यक्रममा अग्रजदेखि नयाँ पुस्तासम्मका धेरै स्रष्टाहरूले आफ्ना कविता, गजल र मुक्तकहरू प्रस्तुत गरे । राजेन्द्र शलभ, विवश पोखेल, मनु मञ्जिल, बद्री भिखारी, दिङ्लाली कान्छो, देवान किराँती, प्रज्वल परालुली, शंकर सुवेदी उत्स, बाबुराम पोखरेल, राजेन्द्र गुरागाईं, भूषण ढुंगेल, गोकुल अधिकारी, लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, दीपा दाहाल, लक्ष्मण नेवटिया, भेषराज पोखेल, र प्रयाग न्यौपानेले आ-आफ्ना सिर्जनाहरू वाचन गरे ।
यसैगरी, हरि कट्टेल, शुभलक्ष्मी लम्साल, मीना श्रेष्ठ, उमेश लुइँटेल, प्रतिमा निरौला, धीरज राई, रोहिणी रसिक, चूडामणि नेपाल अकिञ्चन, लक्ष्मी रायमझी, नानुमैया दाहाल, मदन भण्डारी, अम्विका खरेल उप्रेती, हेमसागर पोखरेललगायतले पनि कविता, गजल र मुक्तकहरू प्रस्तुत गरेका थिए ।
साहित्यकार प्राध्यापक कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्वहरू उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभले आफ्ना मन्तव्यहरू राखेका थिए । यसैगरी, चेतना संरक्षण प्रतिष्ठान विराटनगरकी अध्यक्ष गंगा सुवेदी, साहित्यकार डा. विमला श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।























