
काठमाडौँ । उपत्यकाको भक्तपुरस्थित प्रहरी वृत्त जगातीको कार्यालय भवन आगजनीमा संलग्न व्यक्तिहरु आफैँ प्रहरीमा उपस्थित भएका छन् । भदौ २४ गते गरिएको आगजनीमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
प्रहरीका अनुसार काभ्रेको नमोबुद्ध घर भएका ३४ वर्षीय रामशरण परियार, बनेपाका ३२ वर्षीय रूपक परियार, नमोबुद्ध नगरपालिका–१ का अमृत सुनुवार, सर्लाहीका २६ वर्षीय होम बहादुर खत्री, महोत्तरीका १८ वर्षीय प्रालद कुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का २३ वर्षीय राजन माक र सर्लाही घर भएका १६ वर्षीय सरोज बम्जन उपस्थित भएका हुन् ।
उपस्थित भएकाहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























