उर्लाबारीको होटलमा अचेत भेटिएकी महिलाको मृत्यु

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार ०९:४५
सांकेतिक तस्बिर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४, थापाडाँगीस्थित होटल सिमसारको एक कोठामा अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राति ८:४० बजे कोठा नम्बर २०६ मा बसेकी करिब २०–२२ वर्षकी महिलालाई उनका साथीहरू बजार घुमेर फर्कँदा अचेत अवस्थामा देखेका थिए । तीमध्ये सुस्मिता कार्कीले तत्कालै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा खबर गरेकी थिइन् ।

प्रहरी नायब निरीक्षक चुडामणि पौडेलको टोली र स्थानीय जनप्रतिनिधिको रोहवरमा उद्धार गरी उनलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पठाइएको थियो ।

प्रहरीका अनुसार ती महिलाको राति १०:३० बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसैबीच, मृतक महिलाको आफन्तबाट बुझ्दा उनको नाम सुरुमा भनिएजस्तो डोल्मा तामाङ नभई सुस्मिता दर्जी रहेको खुलेको प्रहरीले जनाएको छ ।

शव सोही अस्पतालको शव गृहमा राखिएको उल्लेख गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.