सर्वोच्चका सम्पूर्ण सेवा मंसिर १ बाट सञ्चालनमा

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार १२:५३

काठमाडौँ । ‘जेन-जी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र तोडफोडका कारण क्षति पुगेको सर्वोच्च अदालतका सम्पूर्ण न्यायिक सेवाहरू मंसिर १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन्।

सर्वोच्च अदालतले सूचना जारी गर्दै मंसिर १ गतेदेखि सबै खालका मुद्दाको नियमित सुनुवाइ हुने जानकारी दिएको हो।

भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाट भएको थियो। यसबाट अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा ठूलो क्षति पुगेको थियो।

क्षतिका कारण हालसम्म अदालतले बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका रिट निवेदन, फौजदारी र देवानी कार्यविधि संहिता अन्तर्गतका केही विशेष निवेदनहरू मात्र दर्ता तथा सुनुवाइ गर्दै आएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, २० गते बसेको फुलकोर्टले मंसिर १ गतेदेखि मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याइपाऊँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.