करेन्ट लागेर झापामा १ पुरुषको मृत्यु

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १४:१५
सांकेतिक तस्बिर

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा करेन्ट लागेर आज (शनिबार) बिहान १ जनाको मृत्यु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि लगाइएको फेन्सिङ तारबाट करेन्ट लागेर ५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका-४ बाहुनडाँगी निवासी वर्ष ५५ का विकास प्रधान आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

बिहान करिब १०:३० बजेतिर घटना भएलगत्तै घाइते प्रधानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, अस्पताल पुर्‍याउन साथ बिहान ११:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

प्रधानले आफ्नो माछा पोखरीमा जंगली हात्ती रोकथामका लागि फेन्सिङ तार जडान गरेका थिए। दुर्भाग्यवश, सोही तारमा जडान गरिएको करेन्ट लाग्दा उनको ज्यान गएको हो । घटनाक्रममा पोखरीको छेउमा बाँधिएको एक गाईलाई समेत करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.