धनकुटा र भोजपुरमा गाँजा खेती फडानी गरी नष्ट

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार १४:४९

विराटनगर  । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट आइतबार परिचालन भएको टोलीले शहिदभूमी गाँउपालिका-५ स्थित ५ रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले चौबिसे गाउँपालिका-५, डाँडाखर्क स्थित ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय बोट गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडा एरियाको १० रोपनी जग्गामा रहेको करिब १ हजार ५० वटा गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरेको छ।

प्रहरीले यसरी कुल १९ रोपनी क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.