विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु 

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार १८:५०
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु 

विराटनगर । विराटनगरकाे बरगाछी चोक नजिकै सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार साँझ कोशी राजमार्गअन्तर्गत विराटनगर–३ बरगाछी चोक नजिकै भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी (कोइराला) को मृत्यु भएको हाे ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलको पछाडि सवार अधिकारी गम्भीर घाइते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा ५ : ४० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका श्रीमान् ५७ वर्षीय विमल कोइराला सामान्य घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.